आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको छ : मन्त्री गुरुङ

शुक्रबार, १५ असार २०८०, १६ : १४
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको बताएका छन् ।  

शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सांसदहरुले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए । 

मन्त्री गुरुङले महिलाहरुले विषयको गम्भीरतालाइ बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे । उनले पुरुष सांसदहरुले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसद्को गरिमा बढ्ने बताए ।  

मन्त्री गुरुङले संसदमा बोल्दै गदौ विषयान्तर बढी हुने प्रवृत्ति पनि बढिरहेको बताए । उनले आफू संसमा तेस्रो पटक आएपनि आफू संसद्को विद्यार्थी रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप