माल्टा पठाइदिन्छु भन्दै लाखौँ ठगी
शुक्रबार, १५ असार २०८०, १६ : ४४
काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई काठमाडौँको टोखा नगरपालिका–३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।
लिम्बुले भुवन भट्टलाई माल्टा पठाएर पानीजहाजमा काम लगाइदिन्छु भन्दै ६ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको कालोपुलबाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको छ ।