आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेलाडी नै जासुस भएको आरोप

शुक्रबार, १५ असार २०८०, १७ : ३१
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । पोल्यान्डमा व्यावसायिक आइस हकी खेलिरहेका एकजना खेलाडीमाथि रुसको जासुस भएको आरोप लागेको छ । पोल्यान्डको मेजर लिग हकी प्रतियोगिता खेल्ने ती खेलाडीले लामो समयदेखि रुसको जासुसका रुपमा काम गरिरहेको आरोप वार्साका अधिकारीहरुले लगाएका हुन् । वार्साका अधिकारीहरुले ती खेलाडी नाम भने सार्वजनिक गरेका छैनन् । उनीहरुले ती खेलाडीमाथि छानबिन भइरहेको जनाएका छन् । ती खेलाडी रुसको नागरिक भएको पनि समाचारमा जनाइएको छ । अन्य कुनै विवरण सार्वजनिक गरिएको छैन ।

ती खेलाडीलाई जुन ११ तारिखमा पोल्यान्डको दक्षिणी सहर सिलेसियाबाट सुरक्षा अधिकारीले पक्राउ गरेको समाचारमा जनाइएको छ । पोल्यान्डको आन्तरिक सुरक्षा समिति (एबीडब्लू) ले अन्य केही ब्यक्तिमाथि पनि छानबिन भइरहेको जनाएको छ । 

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि हस्तक्षेप र आक्रमण सुरु गरेदेखि नै पोल्यान्ड जासुसी गतिविधिमाथि थप संवेदनशील बनेको छ । रुस र युक्रेनबीचको युद्दमा पोल्यान्ड युक्रेनको पक्षमा उभिँदै आएको छ ।  ‘खेलाडीको रुपमा रुसको जासुसी गर्दै आएको आशंकामा एकजना ब्यक्तिलाई पक्राउ गरिएको छ । अहिले यस विषयमा थप अनुशन्धान भइरहेको छ,’ पोल्यान्डका कानुनमन्त्री जिबिग्निउ जिब्रोद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।खेलाडी नै जासुस भएको आरोप

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप