आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारलाई संसद्प्रति जबाफदेही बनाउनुपर्छ : सभामुख घिमिरे

शुक्रबार, १५ असार २०८०, १८ : १७
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसद्प्रति जबाफदेही बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित संसदीय प्रभावकारितामा महिला सदस्यहरुको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसद्प्रति जबाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन् ।  

सभामुख घिमिरेले सांसदहरूलाई सरकारलाई संसद्प्रति जबाफदेही बनाउने काममा भूमिका खेल्न आग्रह पनि गरे । उनले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरुलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताए । उनले सरकारले ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए ।  

सभामुख घिमिरेले सांसदहरुको नीति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए । सांसदहरुले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्ने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप