आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

नाद ब्रह्मस्वरुप हो

शनिबार, १६ असार २०८०, ०६ : ५४
शनिबार, १६ असार २०८०

ब्रह्माण्ड गुन्जिरहने 
म मिठो धुन हुँ
तिमी सुन या नसुन 
म तिम्रो नाद हुँ ।
प्रतिबन्धित छैन म
अनुबन्धित भइन म
सुमधुर गुन्जन हुँ म  
सबैबाट स्वतन्त्र छु म ।

नादमै जन्मियौ तिमी 
नादमा नै तिमी हुँर्कियौ
नादमै रमाउँदै तिमी
नादमा नै हराउँछौ 
तिमीभित्र धड्किरहने  
एक जीवन्त प्राण हो नाद ।

त्रिनेत्रको बास हो
साक्षात् ब्रह्मनाद हो 
ब्रह्माण्डको अस्तित्व हो नाद 
पृथ्वीको आत्मा हो
कृष्णको बाँसुरी हो नाद
शिवको डमरु हो नाद ।
परमात्माको मधुर आवाज हो
सर्वव्यापी रूप हो नाद
नाद  निराकार स्वरूप हो
नाद ब्रह्मस्वरुप हो ।

बकैया–९, मकवानपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शालिकराम घले
शालिकराम घले
लेखकबाट थप