आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ : सभामुख

शनिबार, १६ असार २०८०, ११ : ०३
शनिबार, १६ असार २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताए । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पु¥याउने काम महत्वपूर्ण हुने बताए । “समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ ।  संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो”, सभामुख घिमिरेले भने, “संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ । ” उनले आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पारे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिए । उनले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताए । उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताइन् ।

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले जनप्रतिनिधिका आवाज जनतासामु पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण भएको बताइन् । संसद् सचिवालयका महासचिव ड.भरतराज गौतमले जनताको दृष्टिकोणमा दुई संसद भएको आफूलाई लागेको उल्लेख गर्दै एउटा जनप्रतिनिधि र जनप्रतिनिधिका विषय बाहिर लैजाने पत्रकार पनि जनप्रतिनिधि नै भएको बताए । उनले पत्रकारलाई सूचनाका लागि संसद् सचिवालय सदा खुला रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप