आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्रि–एजेन्ट बने डी गेया

शनिबार, १६ असार २०८०, १९ : ५६
शनिबार, १६ असार २०८०

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गेया र क्लबबीचको करार शुक्रबार सकिएको छ । करार सकिएसँगै उनी क्लबमा रहने वा नरहने विषयमा अन्योल देखिएको हो । यसअघि डी गेयाले क्लबसँगको करार नवीकरण गर्ने तयारी गरिएको समाचारहरु प्रकाशित भएका थिए । तर, अन्तिम समयमा सम्झौतामा फेरबदल गरिएको थियो । यसपछि दुवै पक्ष पछि छटेका थिए ।

डी गेया यसै हप्ता विवाह गर्न लागेका कारण विवाह समारोह नसकेसम्म यसबारे दुई पक्षबीच थप छलफल नहुने भएको छ । ३२ वर्षीय स्पेनिस गोलकिपरले क्लबमा १२ वर्ष बिताएका छन् । यसक्रममा उनले ५४५ खेल खेलेका छन् ।
यता क्लब डी गेयासँग सम्पर्कमा रहेको छ । तर, ट्वीटरमा डी गेयाले पोस्ट गरेको ‘हाई’ गर्दै गरेको इमोजीका कारण डी गेयाका भविष्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेका छन् ।

चारपटक युनाइटेडको सर्वोत्कृष्ट खेलाडी घोषित उनले गत सिजन दोस्रोपटक प्रिमियर लिगको गोल्डन ग्लोब अवार्ड हात पारेका थिए । उनले गत सिजन १७ वटा खेलमा क्लिनसिट राखेका थिए ।

सिजनको अन्त्यमा डी गेया र म्यानेजर एरिक टेन हाग दुवैले उनी क्लबमा रहने कुरा दाबीका साथ भनेका थिए । तर, अहिले युनाइटेडले डी गेयाले पाउँदै आएको तलबमा ठुलो कटौती गर्ने बताएपछि अन्योल देखिएको छ । सन् २०१९ मा गोलकिपरले प्रतिहप्ता ३ लाख ७५ हजार पाउन्ड तलब पाउने गरी करार सम्झौता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप