नदीमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु
शनिबार, १६ असार २०८०, २२ : २५
धनगढी । कैलालीमा नदिमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदीमा डुबेर मृत्यु भएको हो। उनलाई नदीबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यलय मालाखेतीले जनाएको छ ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो तर, बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनलाई महेन्द्रनगर रोड स्थित गोदावरी नदिमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।