आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

आइतबार, १७ असार २०८०, ११ : १३
आइतबार, १७ असार २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनचाँदीको मूल्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा आज सुन र चाँदीकै मूल्य बढेको हो । महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार १०० रुपैयाँ कायम थियो । शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदै कारोबारमा आएको थियो । यस्तै, आज तोलामा १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप