आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवलको ‘काँडेतार’ लाई दश लाख पुरस्कार

आइतबार, १७ असार २०८०, ११ : १६
आइतबार, १७ असार २०८०

काठमाडौँ । उत्कृष्ट कथा बापत फिल्म ‘काँडेतार’ले नगद दश लाख पुरस्कार प्राप्त गरेको छ । नेपाल सरकार, चलचित्र विकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत फिल्मले यो पुरस्कार प्राप्त गरेको हो ।

नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गरेकी हुन् । नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनित फिल्म ‘काँडेतार’आगामी महाशिवरात्रीबाट प्रदर्शनमा आउने तयारीमा छ ।

नवलले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित फिल्म काँडेतार’लाई नेपाल सरकारले सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान भएको बताए । फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बालकलाकारहरु नादिया खड्का, सनया खड्का लगायतको अभिनय छ ।

फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । किको राई, अञ्जु केसी र नवल खड्का निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । ‘काँडेतार’मा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप