आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेटलाइफ फाउन्डेसनद्वारा वनजंगल पुनरुत्थान परियोजनाका लागि सहयोग

आइतबार, १७ असार २०८०, १२ : ५४
आइतबार, १७ असार २०८०

काठमाडौँ । मेटलाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठुला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनर्स्थापनाका लागि ५ हजार रुख रोपिएको थियो । यस परियोजनाले राष्ट्रिय जैविक विविधताको संरक्षण र पुनर्स्थापना, स्थानीय जीविकोपार्जनमा सुधार गर्न र प्राकृतिक महत्वका क्षेत्रमा वन पुनर्स्थापना गर्न मध्यवर्ती क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ ।

तराई क्षेत्र आसपासमा सालका रूखहरूले भरिएको बछौलीमा स्थानीय जनसङ्ख्या बढ्दै गएको छ, जसले गर्दा ठुलो मात्रामा वन, प्राकृतिक वासस्थान र भूमिको उर्वरता नष्ट भएको छ । यी समस्याहरूको सामना गर्न, मेटलाइफ फाउन्डेसनले नवलपरासी जिल्लामा इडेन रीफरेसटेसन परियोजना मार्फत आर्बर डे फाउन्डेसनलाई सहयोग गरेको जनाएको छ । निकुञ्जको जैविक विविधता मध्यवर्ती क्षेत्र नजिकै माटो लंगर र माटो खस्ने समस्या रोकथाममा फाइदाहरू भएका स्वदेशी रूखहरू रोपिएका थिए । यस परियोजनाले नर्सरी विकास, बिरुवा अङ्कुरण, र प्लेटिङलाई समावेश गरी तीन–चरणमा यस परियोजना सम्पन्न गरिएको थियो ।

स्थानीय वन विभागले आगामी वर्ष यी ग्रामीण समुदायहरूका रूखहरू, महत्त्वपूर्ण बोटबिरुवाहरू र वन्यजन्तु प्रजातिहरूको मर्मत सम्भार र संरक्षणको निरीक्षण गर्नेछ । थप रूपमा, यस परियोजनाले स्थानीय वन कार्यक्रम प्रारम्भ गर्न स्थानीय महिला नेतृत्वको टोलीहरू विकास गरेर समुदायमा महिला सशक्तीकरणमा पनि ध्यान केन्द्रित गरेको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘जलवायु परिवर्तन र वातावरणीय जोखिमहरू विरुद्ध लड्न जैविक विविधता र प्राकृतिक स्रोतहरू आवश्यक छन्।
 मेटलाइफ फाउन्डेसनको यो सहयोगले लोपोन्मुख प्रजातिहरूको संरक्षण र उनीहरूको प्राकृतिक बासस्थानको पुनर्स्थापना गरी दिगो भविष्य कायम गर्न मद्दत गर्नेछ ।’

यस परियोजनाले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने प्रयासमा पनि योगदान पुर्‍याउँछ, प्राकृतिक प्रकोपबाट जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिँदै स्थानीय इकोसिस्टम र समुदायको स्वास्थ्य सुधार गर्न र जैविक विविधता संरक्षण गर्न मद्दत गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप