आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुजरातमा अविरल वर्षाका कारण १२ जनाको मृत्यु

आइतबार, १७ असार २०८०, १५ : २६
आइतबार, १७ असार २०८०

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ  । 

प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन्।

मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन् । मृत्यु  हुने अन्य  व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्थानीय रहेको  बताइएको छ ।  जामनगरका तल्लो क्षेत्रहरू डुबानमा परेकाले मानिसहरू घरभित्रै थुनिएका छन् । जामनगर जिल्लाको भिसावदार क्षेत्रमा शुक्रबार ३४९ मिलिमिटर वर्षा भएको  छ । 

लगातारको वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहँदा  स्थानीयहरूमा त्रास बढेको छ ।  

राज्यको दयनीय अवस्थालाई ध्यानमा राख्दै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रहरूमा विशेष गरी राज्यको जामनगर, जुनागढ र कच्छ जिल्लाहरूमा भइरहेको राहत र उद्धार कार्यमा निरन्तर निगरानी  बढाएका छन् । स्थानीय प्रशासनका अधिकारीहरूलाई तल्लो क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न लागिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

हिमाचल प्रदेश र उत्तराखण्ड राज्यहरू बाढीबाट बढी प्रभावित छन् ।

आफ्नो पछिल्लो मौसम पूर्वानुमानमा भारतीय मौसम विज्ञान विभागले उत्तराखण्ड राज्यमा जुलाई १-५ सम्म मध्यम देखि धेरै भारी वर्षा हुने सम्भावना रहेको बताएको छ।

त्यस्तै उत्तराखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य नैनीतालमा अति भारी वर्षा हुने चेतावनी जारी गरिएको छ।

हिमाचल प्रदेश राज्यका केही भागहरूमा पहिराले क्षति पुर्‍याएका विवरणहरू आइरहेका छन् ।-(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप