नेपालले यूएईको सातौं विकेट लियो
आइतबार, १७ असार २०८०, १६ : ०२
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को सातौं विकेट लिएको छ ।
यूएईको अली नासिर सातौं विकेटका रुपमा पेभेलियन फर्किएका हुन् । चार रन बनाएका नासिर रनआउट भएका थिए ।
उनलाई कप्तान रोहित पौडेलले रनआउट गरेका हुन् । सातौं विकेट गुमाउँदासम्म यूएईले एक सय ६२ रन बनाएको छ ।