सन्दीपले लिए यूएईको आठौं विकेट
आइतबार, १७ असार २०८०, १६ : ०७
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को आठौं विकेट लिएको छ ।
यूएईको आठौं विकेटका रुपमा सन्चित शर्मा आउट भएका हुन् । उनको विकेट सन्दीप लामिछानेले लिए ।
सन्दीपले सन्चितलाई १२ रनको व्यक्तिगत स्कोरमा अर्जुन साउदमार्फत क्याच गराए । सन्चित आउट हुँदा यूएईले एक सय ७७ रन बनाएको थियो ।