आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेइमानीहरुलाई रास्वपामा राख्न सकिँदैन : सभापति लामिछाने

आइतबार, १७ असार २०८०, १८ : २९
आइतबार, १७ असार २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् ।  आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले पार्टी प्रवेश गर्नेहरु धेरै भएपनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए ।  

सभापति लामिछानेले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए । उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको बताए । 

सभापति लामिछानेले पार्टीमा स्वार्थहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो कि भन्ने चिन्ता नलिन शुभेच्छुकहरुलाई आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप