आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर

सोमबार, १८ असार २०८०, १० : ५०
सोमबार, १८ असार २०८०

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  यो सँगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरू भएका छन् ।

 छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शंखर पाण्डे, सोही वडाका पूर्व वडा अध्यक्ष राजेश कुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद खनाल लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप