आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा हुन्छ : परराष्ट्रमन्त्री साउद

सोमबार, १८ असार २०८०, २२ : ५५
सोमबार, १८ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बर अर्थात भदौ महिनामा छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् ।  परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले आगामी सेप्टेम्बरमा चीन भ्रमण गर्ने खुलासा गरेका हुन् । 

सोमबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन् । मन्त्री साउदले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिनुपर्ने पनि बताए । 

‘प्रधानमन्त्रीजीको चीन भ्रमण हुँदैछ । सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, मन्त्री साउदको भनाइ छ । उनले उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको भन्दै चिनियाँ विकासको छलाङलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए । 

प्रधानमन्त्री दाहाल जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप