आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला मन्त्रालयको बजेट बढाऔँ : सांसद बेल्वासे

सोमबार, १८ असार २०८०, १५ : ३०
सोमबार, १८ असार २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताएकी छन् ।  

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बेल्वासेले आगामी दिनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा वृद्धि गर्नुपर्ने बताएकी हुन् । सबै मन्त्रालयमा आफू मातहतका संस्थाहरु संरक्षण गर्नेगरी मात्रै बजेट आएको उनको भनाई छ । 

सांसद बेल्वासेले मानव विकासका लागि बजेट विनियोजन हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी देशलाई खेलाडीहरुले विश्वमाझ चिनाइरहेको भन्दै खेल क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताइन् । 

राष्ट्रियसभा सदस्य बेल्बासेले बनमा रहेका जडिबुटीलाई निकालेर प्रशोधन गरी विदेशी मुद्रा आर्जनको साधन बनाउनुपर्ने बताइन् । उनले देशभित्र सञ्चालन भएका उद्योगहरुलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप