आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२१ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्बको कारोबार

सोमबार, १८ असार २०८०, १५ : ४९
सोमबार, १८ असार २०८०

काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१.३२ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०२ प्रतिशतले खुम्चेर २०७५ अंकमा आएर रोकिएको हो । यसक्रममा आज ४१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यद्यपी, १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक २१ अंकले घट्दा ४ अर्ब ५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा आज ९४ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक घटेपनि ३ कम्पनीको सेयरमा उच्च वृद्धि देखिएको छ । आज सीवाईसीएलको सेयर मूल्य १० प्रतिशत बढ्दा बीपीडब्लुको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । यस्तै, सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । नेप्सेमा कारोबार भएका १३ समूहमध्ये २ वटा समूहको सूचक भने बढेको छ । होटल र टुरिजम तथा व्यापार समूहको सूचकमा उल्लेख्य वृद्धि आएको छ । होटल समूहको सूचक ११४ अंक र व्यापार समूहको सूचक १७ अंकले बढेको छ ।

यसबाहेक अन्य ११ वटा समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २३० अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ६२ अंकले घट्दा लघुवित्त समूहको सूचक ५१ अंकले घटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप