आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयद्वारा २९५ नर्सिङ जनशक्ति पदस्थापना

सोमबार, १८ असार २०८०, १७ : ३८
सोमबार, १८ असार २०८०

काठमाडौँ । लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ । लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको हो । 

बाकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका सङ्घीय अस्पतालमा खटाएको छ । नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैयाको आइसियु सञ्चालन गर्न सकेको छैन ।  यति ठूलो नर्सहरुलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो । 

नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिँदै मन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताए । सेवाका हिसाबले नर्सिङ जनशक्ति दोस्रो भगवान् नै भएको बताउँदै गरिब र विपन्न बिरामीको उपचारलाई सेवाको रूपमा लिएर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । 

नर्सिङ जनशक्तिलाई भविष्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतको निर्देशनबाट अधिकांश नर्सहरु प्रोत्साहित भएका थिए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल, देवकुमारी गुरागाईँ लगायत अतिरिक्त सचिवहरु र मन्त्रालयका अधिकारीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप