आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको नाममा खोलिएका सामाजिक सञ्जालका अकाउन्ट र पेजलाई कानुनी कारबाही गरिने

मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन
सोमबार, १८ असार २०८०, १९ : ११
सोमबार, १८ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलिएका विभिन्न सामाजिक सञ्जालका अकाउन्ट र पेजहरूलाई सम्पर्कमा आउनका लागि आह्वान गर्ने भएको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले त्यस्ता सामाजिक सञ्जाललाई एक महिनाभित्र सम्पर्कमा आउन गर्ने र सम्पर्कमा नआए त्यसलाई अनधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने निर्णय गरेको हो ।

विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विभागको कामलाई प्रभावकारी निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि गरेको छ । सो समितिले आजको मितिदेखि १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउनुपर्नेछ । निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरू गोविन्द परियार, गणेश के.सी., लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाईँ रहने छन् भने कार्ययोजना तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरू तिलक राई, उमिद वागचन, ई. हुकुम बुढा, विष्णु तिम्सिना, ई. राघव गौतम र रम्भा मिश्र रहेका छन् ।

बैठकले सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनतासमक्ष पुर्‍याउने निर्णय पनि गरेको छ । त्यस्तै, पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरू नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरूलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

विश्वकर्माका अनुसार विभागको दैनिक गतिविधिलाई गतिशीलताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन सानेपामा राखिनेछ । विभागका सदस्यहरूको विशिष्ट ज्ञान, क्षमता अनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण सङ्कलन पनि गरिनेछ । 

c

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप