आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ हो : कमल थापा

सोमबार, १८ असार २०८०, २० : १२
सोमबार, १८ असार २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताएका छन् । 

सोमबार काठमाडौँमा पार्टीले गरेको राप्रपा नेपालको हिन्दुराष्ट्रः अवधारणा र औचित्य अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुले अहिले भन्ने गरेको समाजवाद वैदिक कालमा नै व्याख्या गरिसकिएको बताएका हुन् ।  

अध्यक्ष थापाले सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया भन्दा समाजवादको उच्चतम र उत्कृष्ट परिभाषा अरु हुनै नसक्ने दाबी गरे । उनले सबै सुखी हुन्, सबै समान हुन्, कोही पनि दुःखी र रोगी नहुन् भन्नेकुरा वैदिक कालमा नै शास्त्रले व्याख्या गरिसकेकाले अहिलेका राजनीतिक दलहरु र संविधानमा लेखिरहनुको अर्थ नरहेको जिकिर गरे । 

अध्यक्ष थापाले प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताए । उनले हिन्दु राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई बहिष्कृत गर्ने नभई त्यसलाई पनि संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सकिने बताए । 

अध्यक्ष उदार आर्थिक मान्यतालाई उपलब्धिको रुपमा लिने गरेको भएपनि यो कुरा वैदिक कालमा नै चर्चा भइसकेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप