आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दुई जना मृत फेला

मङ्गलबार, १९ असार २०८०, १३ : ०९
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत फेला परेका छन् । तारकेश्वर र कागेश्वरी मनोहरामा दुईजना पुरुष मृत अवस्था फेला परेका हुन् ।

तारकेश्वर नगरपालिका-४ मिलनबस्तीस्थित खाजा पसलमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडेल सोमबार मृत अवस्थामा फेला परेका छन् ।  यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-१ कुँवर गाउँमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।  

उता नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका-१६ अमरापुरी बस्ने ७० वर्षीय लाल बहादुर कडेंल आफ्नै घर अगाडि रहेको खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् भने कञ्चनपुरको बेदकोट नगरपालिका-३ बजार अनमोल होटेल नजिक पानी जमेको खाल्डोमा बेदकोट नगरपालिका-१ चम्फापुर बस्ने ३७ वर्षीय लक्ष्मण भट्ट सोमबार मृत अवस्थामा फेला परेका छन् । 

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-९ कौवाटोलीस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

पर्साको वीरगंज महानगरपालिका-३२ सोलकपुरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप