आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको वृद्धि, घट्यो कारोबार रकम

मङ्गलबार, १९ असार २०८०, १६ : १३
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.७३ अंकले बढेको छ । ०.६१ अंकले बढेसँगै नेप्से परिसूचक २०८८ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ ।

दोहोरो अंकले परिसूचक बढ्दा आज १४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ७२ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज २ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ६४ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ ।

हिजो नेप्सेमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै, परिसूचक भने २१ अंकले घटेको थियो । आज सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यससँगै, प्रतिकित्ता ५०.८० रुपैयाँ मूल्य बढेर ५५९ रुपैयाँ पुगेको छ । यस्तै, आज बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिलशतले खुम्चिएको छ ।

परिसूचकमा १२ अंकको सुधार आउँदा सबै १३ समूहकै सूचक बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप