आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशका निर्देशनालय खारेज गर्ने सरकारको निर्णयप्रति एमालेको आपत्ति

मङ्गलबार, १९ असार २०८०, १९ : ४५
मङ्गलबार, १९ असार २०८०

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशको बैठक बहिष्कार गरेको जानकारी दिएको छ । मंगलबार जारी प्रदेशसभाको बैठकबाट बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै एमालेले सरकारको निर्देशनालयहरु खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएको हो । 

प्रदेश सरकार र जनताको बीचमा पुलको रूपमा काम गरिरहेको निर्देशनालयहरुलाई पूर्वाग्रही तरिकाले सरकारले विस्थापित गर्ने निर्णय गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेले निर्देशनालयहरू खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।  

यस्तै आर्थिक वर्ष २०७५/०७६ देखि सञ्चालित क्रमगत योजनाहरू राजनीतिक पूर्वाग्रहका रूपमा कटौती गरेको भन्दै एमालेले विरोध जनाएको छ ।  

एमाले संसदीय दलका नेता लीला गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विगत सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ अति न्यून बजेट विनियोजन गर्ने सरकारको गलत प्रवृत्तिको विरोध गर्दछौं ।'

एमालेले गठबन्धन सरकार दम्भका साथ प्रस्तुत भएर प्रतिपक्षलाई बाइपास गरेको बताएको छ ।  

u

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप