आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने

मङ्गलबार, १९ असार २०८०, २२ : ५१
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ । 

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार काठमाडौँको माइतीघर मण्डलामा भोलि असार २० गते दिउँसो १ बजे उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिनेछ । उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्तालगायत आम नागरिकलाई जातीय विभेदविरुद्धको आन्दोलनमा सहभागी हुनसमेत सो पार्टीले आह्वान गरेको छ । 

कार्यक्रम पार्टी सम्बद्ध शिल्पी दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति सङ्गठनको संयुक्त आयोजनामा हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप