आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसका ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्दै

बुधबार, २० असार २०८०, ११ : ०४
बुधबार, २० असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज मध्यान्ह ‘बिग फाइभ’ पदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार भोलि बोलाइएको जिल्ला सभापतिको भेलाका सन्दर्भमा सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच छलफलका हुने छ । बैंठकले जिल्ला सभापतिको छलफलको एजेण्डा तय गर्न उनको भनाइ छ ।

पराजुलीका अनुसार पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेको छ । उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफलको एजेन्डा हने बताए । 

कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप