आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृत्रिम तलाउ बनाएपछि अप्ठ्यारोमा परे नेमार

बुधबार, २० असार २०८०, १२ : ३१
बुधबार, २० असार २०८०

साओ पाउलो । स्थानीय प्रशासनको अनुमति बिना नै भौतिक पूर्वाधार निर्माण गरेपछि ब्राजिलियन फुटबल स्टार नेमार अप्ठ्यारोमा परेका छन् । उनले राजधानी रियो दी जेनेरियाभन्दा केही टाढा रहेको मानगाराटिबामा कृत्रिम तलाउ निर्माण गरेका थिए । स्थानीय प्रशासनको अनुमति नलिई कृत्रिम तलाउ निर्माण गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकरले ३३ लाख अमेरिकी डलर (४३ करोड २३ लाख नेपाली रुपैयाँ) जरिवाना तिनुपर्ने भएको छ । 

स्थानीय प्रशासनद्वारा लागू गरिएको वातावरण संरक्षणसम्बन्धि कानुन उल्लंघन गरेको आरोपमा नेमारलाई ठूलो धनराशी जरिवाना तिराइएको समाचारमा जनाइएको छ । उनले आफ्नो पुरानो घर पूनःनिर्माण गर्ने क्रममा कृत्रिम तलाउ पनि खनाएका थिए । 

स्थानिय प्रशासनले पनि अवैध रुपमा कृत्रिम तलाउ निर्माण गरेको आरोपमा ३१ वर्षीय नेमारलाई जरिवाना तिराइएको स्वीकारेको छ । नेमारले उक्त कृत्रिम तलाउ भने आफ्नो स्वामित्वमा रहेको जमिनमा बनाएका थिए ।  नेमारले कृञिम तलाउ निर्माण गर्न थालेपछि थुप्रै स्थानीयले त्यसको जानकारी प्रशासनलाई गराएका थिए । नेमारले भने आफूमाथि लगाइएको जरिवानाको विषयमा पुनरावेदन गर्ने बताएका छन् । नेमारले निर्माण गराएको कृञिम तलाउ एक हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप