आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बुधबार, २० असार २०८०, २० : ३०
बुधबार, २० असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बुधवार मध्यान्ह कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारीको बैठकले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने रातोपाटीलाई बताए । कांग्रेसले करिब एक वर्षपछि बैठक बोलाएको छ ।

आजको सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच भएको छलफलले भोलि बोलाइएको जिल्ला सभापतिको भेलाको एजेण्डा तय गरेका छ ।

पराजुलीका अनुसार पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल हुने भएको छ। उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफल हुने बताए । कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।  क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप