जेनरेटरमा आगलागी भएपछि स्थगित लुम्बिनी प्रदेशसभा बैठक पुनः सुरु
बुधबार, २० असार २०८०, १६ : ५२
बुटवल । लुम्बिनी प्रदेशसभा बैठक पुनः सुरु भएको छ । जेनरेटरमा आगलागी भएपछि स्थगित भएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो ।
१० मिनेटका लागि स्थगित गरिएको बैठक विद्युत् आपूर्तिमा गडबडी भएपछि करिब दुई घण्टा ढिलो गरी सुरु भएको छ । बैठकमा समसामयिक विषयमा बोल्नका लागि समय दिइएको थियो ।
प्रदेशसभा बैठकको सुरुमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोल्दै गर्दा जेनरेटरमा आगलागी भएको थियो ।
पुनः सुरु भएको बैठकमा प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।