आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्री श्रेष्ठद्वारा मानवीय सहायता स्थलको निरीक्षण

बुधबार, २० असार २०८०, १७ : १७
बुधबार, २० असार २०८०

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको सिनामंगलमा रहेको मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन गरेका छन् । बुधवार मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्काल उद्धार कार्यमा खटिने मानवीय सहायता स्थलको अवलोकन गरेका हुन् । सरकारले देशका विभिन्न ११ स्थानमा मानवीय सहायता स्थल बनाइ विपद् न्युनिकरण एवं व्यवस्थापनका लागि काम गरिरहेको छ ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्कालै सहायता गर्न जानसक्ने श्रोत, साधन र जनशक्ति एवं सामग्रीहरुको निरीक्षण गरेको बताए । उनले विपद् न्युनिकरणका लागि सरकारले धेरै सुधार गर्नुपर्ने र सोहीअनुसार सरकार अघि बढिरहेको पनि बताए ।

‘नेपाल विपद्को जोखिमयुक्त देश हो भन्ने थाहा छँदैछ । त्यसैले हामीले मन्त्रालयअन्तर्गत विपद् जोखिम शाखा, र इकाइहरु बनाएर काम गरिरहेका छौँ’ गृहमन्त्री श्रेष्ठले भने, ‘मानवीय सहायता स्थल ११ स्थानमा बनाएर काम गरिरहेका छौँ । विपद्का लागि तत्कालै सहायता गर्न सुगम स्थलमा जहाँबाट तत्काल सहायता पठाउन सकियोस्, त्यसमध्ये यो एउटा हो र यसमा हामीले काम गरिरहेका छौँ । विपद् जोखिम न्युनिकरण र व्यवस्थापनका लागि विगतका अनुभवबाट शिक्षा लिँदै आवश्यक तयारीका काम अघि बढाइरहेका छौँ ।’ 

मन्त्री श्रेष्ठले सरकारले जोखिमलाई न्युनिकरण र व्यवस्थापनको तयारी व्यवस्थित र प्रभावकारी बनाएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप