आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्कुले विद्यार्थीलाई ओलीले भने–देशले विवेकी नागरिक मागेको छ, राम्ररी पढ्नु

बुधबार, २० असार २०८०, २० : ५१
बुधबार, २० असार २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्कुले विद्यार्थीसँग रमाएका छन् । बुधबार संसद् परिसरमा अध्यक्ष ओली स्कुले विद्यार्थीसँग रमाएका हुन् । 

संसदबाट बाहिरिएपछि ओलीले विद्यार्थीसँग फोटोसमेत खिचेका छन् । उक्त फोटो सामाजिक सञ्जालमा राख्दै ओलीले लेखेका छन्, 'खुलेको आकाश, खुलेका चेहरा !! आज संसदबाट बाहिरिँदै गर्दा गाडी चढेर पर पुगिसकेको थिएँ । झरीपछि खुलेको आकाश सफा देखिएको थियो । संसद् परिसरमा स्कुले नानीहरु दौडिँदै आए । गाडी रोकेर ओर्लिएँ र उनीहरुसँग एक छिन् समय बिताएँ । उनीहरुका आँखा र चेहरा खुलेको आकाशभन्दा पनि सफा थिए । हेरिरहे र सेल्फी खिचे । प्यारा नानीबाबुहरू ! देशले विवेकी नागरिक मागेको छ । राम्ररी पढ्नु, राम्रो बन्नु ।'

अध्यक्ष ओली बालबालिकासँग रमाउने नेतामा पर्छन् ।यसअघि पनि उनले विद्यार्थीसँग फुटपाथमा मकै खाएको तस्बिर सार्वजनिक गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप