आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चर्चामा प्रभासको सालार, टिजरलाई रुचाए फ्यानले

बिहीबार, २१ असार २०८०, ०९ : ४३
बिहीबार, २१ असार २०८०

मुम्बई । आदिपुरुषपछि प्रभास स्टारर फिल्म सालारको चर्चा अहिले जताततै छ । रिलिज अगावै फिल्मले पाइरहेको माया हेर्दा सालार हिट हुने देखिन्छ । 

यसैबीच प्रशान्त नील निर्देशित फिल्म सालारको टिजर रिलिज भएको छ, जसको सामाजिक सञ्जालमा तिब्र चर्चा भइरहेको छ । यति मात्र होइन, सालारले विश्व कीर्तिमान पनि हल्लाउन सक्ने फ्यानहरूले प्रतिक्रिया दिँदै आएका छन् । 

केही फरक गर्ने सोच बनाएर निर्माण पक्षले आज अर्थात असार ६ गते बिहान ५ः१२ बजे टिजर आउने घोषणा गरेर दर्शकमाझ उत्साह बढाएको थियो । टिजरमा दमदार एक्सन र जबरजस्त संवादको झलक देख्न सकिन्छ ।

फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, जगपति बाबु, श्रीया रेड्डीलगायतको अभिनय छ ।   फिल्म आगामी सेप्टेम्बर २८मा तेलुगु, कन्नड, मलयालम, तमिल र हिन्दीसहित ५ भाषाहरूमा  प्रदर्शन हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप