सार्वजनिक जग्गा मास्न लागेको भन्दै ललितपुर महानगर अगाडि प्रदर्शन (तस्बिरहरू)
बिहीबार, २१ असार २०८०, १३ : ०३
ललितपुर । सार्वजनिक जग्गा व्यापारिक प्रयोजनका लागि भूमाफियालाई ठेक्का दिएको भन्दै विभिन्न टोल सुधार समिति, टोल विकास समिति, क्लब तथा संस्थाहरूले ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् ।
सार्वजनिक जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन नदिने बताउँदै उनीहरूले मेयर र वडा नम्बर १२ का वडाध्यक्षले गरेको निर्णय नमान्ने उनीहरूले बताएका छन् ।
उनीहरूले जनताको भावनालाई कदर गर्दै सो ठेक्का रद्द गर्न माग गरेका छन् । आफूहरू सार्वजनिक जग्गा जोगाउन प्रदर्शनमा उत्रिनुपरेको बताएका छन् । प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्डसहित पुल्चोकस्थित महानगरपालिकाको भवनअघि नाराबाजी गरेका थिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी