आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी विश्वकप खेल्ने १० वटै टोलीको टुङ्गो लाग्यो

शुक्रबार, २२ असार २०८०, १० : १८
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने १० वटै टोलीको टुङ्गो लागेको छ । जिम्बाबेमा जारी विश्वकप छनोट प्रतियोगिताको बिहीबार राति सम्पन्न खेलपछि विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको हो ।

अन्तिम टोलीको रूपमा नेदरल्यान्ड्स विश्वकपमा छनोट भयो । बलियो स्कटल्यान्डमाथि चार विकेटको रोमाञ्चक जित हात पार्दै नेदरल्यान्ड्स विश्वकपमा पुगेको हो । यसअघि छनोट प्रतियोगिताबाटै श्रीलङ्का विश्वकपमा पुगेको थियो । 

जिम्बाबेमा जारी छनोट प्रतियोगिताबाट दुई टोली विश्वकपमा छनोट हुने प्रावधान छ । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का भने यसअघि नै विश्वकपमा छनोट भइसकेका थिए । 

एदिवसीय विश्वकपको १३औँ संस्करण आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरु भारतको विभिन्न १० वटा सहरको रङ्गशालामा खेलाइने छ । विश्वकपको खेल तालिका पनि सार्वजनिक भइसकेको छ । 

प्रतियोगिताको उद्घाटन खेल अक्टोबर ५ तारिखमा साबिक विजेता इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेलिने छ । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । लिग चरणको खेल नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप