आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले अडान कायमै, सभामुखले बोलाए छलफल

शुक्रबार, २२ असार २०८०, १० : ५१
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । नेकपा एमालेले शुक्रबार पनि संसद बैठक अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ । यसैबीच संसद सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँको छलफल राखेका छन् । सभामुख घिमिरेले ११ बजे प्रमुख सचेतकहरुसँग छलफल राखेका हुन् । 

‘सभामुखले ११ बजे बैठक बोलाउनुभएको छ । त्यहाँ सहमति भएन भने आज पनि बैठक चल्न सक्दैन’, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने । यता प्रधानमन्त्री प्रचण्डले आजै आफ्नो अभिव्यक्तिबारे विवाद भएपछि संसदमा जवाफ दिने तयारी गरेका छन् । बिहीबार बसेको सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्री प्रचण्डले जवाफ दिने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप