आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऋण तिर्न राष्ट्र बैंकद्वारा सचेतनामूलक सूचना जारी

शुक्रबार, २२ असार २०८०, ११ : ०७
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लगेर कतिपय ऋणीहरुले तिर्न छाडेपछि राष्ट्र बैंकले सचेतनामूलक सूचना जारी गर्न थालेको छ । 

शुक्रवार यस्तै सूचना जारी गर्दै केन्द्रीय बैंकले समयमै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न र सामाजिक प्रष्ठिासहित जरिवाना, कारबाहीबाट बच्न आग्रह गरेको हो । 

संवादमूलक सूचना बनाएको बैंकले दुई पात्रलाई उतारेर समयमा नै कर्जा र ब्याज भुक्तानी गर्न आग्रह गरेको छ । 

‘ल हेर त, मेरो त बैंकको ब्याज तिर्ने समय पनि आइसकेछ । पैसा आफैलाई चाहिएको छ, अहिले नतिर्दा के होला र !’ संवादमा ऋणी पात्राले भनेको छ । 

प्रतिउत्तरमा ऋणीको साथीले उनलाई ऋण र ब्याज भूक्तान समयमा नै गर्न प्रेरित गर्दै भनेकी छिन्, ‘समयमै ब्याज नतिर्दा तिम्रो नाम कालोसूचीमा पर्छ । धितो पनि लिलामी हुन सक्छ’ अझ डर देखाउँदै ती व्यक्तिले थप भन्छिन्, ‘सामाजिक प्रतिष्ठामा आँच आउँछ । कर्जा लिएपछि कर्जा र ब्याज तिर्नु ऋणीको दायित्व हो । कालोसूचीमा नाम प¥यो भने त व्यवसाय गर्न बैंकले ऋण पनि दिँदैन र खाता पनि खोल्न पाइँदैन ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले गरेको लगानी साँवा ब्याज नै उठ्न छाडेपछि समस्या आइरहेको छ । बैंकहरुको खराब कर्जाको दर साढे ३ प्रतिशतमाथि पुगिसकेको छ । यस्तो अवस्थामा खराब कर्जा असुल गर्न केन्द्रीय बैंकले नै सूचनामूलक सन्देश (विज्ञापन) जारी गर्न थालेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप