आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

ललिता निवास प्रकरणमा राजनीतिक हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

शुक्रबार, २२ असार २०८०, ११ : ३५
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने बताए । 

‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री श्रेष्ठले भने, ‘तथ्य र प्रमाण छैन भने कसैलाई दुःख दिन मिल्दैन ।’ उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवी र त्रित्राल आयोगको प्रतिवेदनका आधारमा ललिता निवासबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप