आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
यसरी बन्दैछन् चिडियाखानामा काठका जनावर (फोटोफिचर)
सदर चिडियाखाना

यसरी बन्दैछन् चिडियाखानामा काठका जनावर (फोटोफिचर)

शुक्रबार, २२ असार २०८०

ललितपुर । ललितपुरस्थित सदर चिडियाखानामा कलाकारले काठका मुढामा कलाकृति कुँदी रहेका छन् । ललितकला क्याम्पसमा स्नातकोत्तर गरेका विभूषण ताम्राकार, राजन महर्जन र विकास शाक्यले जनावरका कलाकृति कुँदी रहेका हुन् ।

यस्तै उनीहरूलाई अन्य सात जनाले सहयोग गरिरहेका छन् ।   उनीहरुले चिडियाखानामा काठको मुढाको बनोटका आधारमा छिनाले कुँदेर विभिन्न जनावरहरूको आकृति बनाइरहेका हुन् । 

“पानी परेकाले हामीले काम धेरै अघि बढाउन पाएका छैनौँ । पानी पर्दा हिलो हुन्छ अनि काठ पनि भिजेको हुन्छ, त्यसैले हामीले आफ्नो काम अगाडि बढाउन पाइरहेका छैनौँ,” किशोर नकर्मीले रातोपाटीसँग भने । उनीहरुले उक्त काम वर्कसपको रुपमा जेठको पहिलो हप्ताबाट सुरु गरेका थिए । 

सुरुमा १५ दिन काम गर्ने गरी सुरु गरेपनि उनीहरुले निरन्तरता दिइरहेका छन् । “यहाँ धेरै काठहरु प्रयोग विहीन छन् । हामीले ती सबै काठ उपयोग गर्ने विचार गरेका छौँ । चिडियाखाना प्रशासनको सहयोग भइरहे हामी यसलाई निरन्तरता दिनेछौँ । हामीले बनाउन खोजेको जनावर पनि ठुला आकृतिको भएकाले समय अझै बढ्नेछ,” कलाकार विकास शाक्यले  रातोपाटीसँग बताए । चिडियाखानामा चार–पाँच वर्षदेखि काटेर राखिएका रूखका मुढा र ठूटाबाट सगला छानेर  जनावरकै स्वरूप बुट्टा कुँदिएका छन् । कलाकारहरुले ८ वटा जनावरका आकृति बनाएर सकाउन थालेका छन् । 

“हामीले अझै अरु १०-१२ वटा बनाउने विचार गरिरहेका छौं,” शाक्यले भने । नेपालमा नपाइने जनावरका आकृति बनाउने उद्देश्यमा रहेको उनीहरुले बताएका छन् । जनावरको आकृति बनाउँदा उनीहरुले अनलाइन र तस्बिरको सहयोग लिने गरेका छन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया