आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाद्वारा कक्षा ११ को छात्रावृत्तिका लागि आवेदन माग

शुक्रबार, २२ असार २०८०, १६ : १९
शुक्रबार, २२ असार २०८०

चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रावृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्न चाहाने विद्यार्थीले आवेदन दिन सक्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
महानगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधनसहित) को दफा ५ को उपदप ३ (१) बमोजिम १५ दिनभित्र आवेदन दिन सूचना प्रकाशन गरेको छ । आगामी साउन ५ गतेभत्रि आवश्यक कागजातसहित भरतपुर महानगरपालिकाको वेबसाईटमा गई आवेदन भर्ने व्यवस्था मिलाईएको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

आवेदनका लागि एसईईको ग्रेड सिट, अपाङ्ता भएको विद्यार्थीको हकमा अपाङ्ता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीकव् हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, सहिदका सन्तति, जनआन्दोलनका घाइतेका सन्तति र मधेस आन्दोलनका घाइतेका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात पेश गर्नुपर्ने छ । त्यसै गरी गरिव तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीले महानगरको वेबसाइटमा राखिएको गरिव तथा विपन्न सिफारिस पेश गर्नुपर्ने छ ।

गत वर्ष महानगरपालिकाले कक्षा ११ मा पढ्ने २७४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा ऐन तथा भरतपुर महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छनोट गर्ने छ ।
स्थानीय सरकार अन्तर्गत भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक स्मार्ट विधिबाट छात्रवृत्ति कार्यक्रम लागू गरेर छात्रवृत्ति दिन सुरु गरेको हो । कक्षा ११ र १२ मात्र नभई महानगरपालिकाले सिमान्तकृत, विपन्न, अगाङ्ग तथा दलित विद्यार्थीलाई उच्च शिक्षाको लागि ४ वर्षसम्म छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप