आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिक बिदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राख्न बैंकहरुलाई निर्देशन

शुक्रबार, २२ असार २०८०, १६ : २५
शुक्रबार, २२ असार २०८०

काठमाडौं । सरकारी खर्चको भुक्तानी जारी राख्न सार्वजनिक विदाको दिन पनि काउन्टर खुला राख्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन गरेको छ ।
राष्ट्र बैंकले असार २३ गते शनिबार, २४ गते आइतबार र महिनाको अन्तिम शनिबार असार ३० गते समेत बैंक काउन्टर खुला राख्न निर्देशन गरेको हो । 

आर्थिक वर्षको अन्तमा भुक्तानी तथा हिसाबकिताब खाता क्लोज गर्नुपर्ने भएकाले सहजताका लागि सार्वजनिक विदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राखेर कारोबार गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो । 
नेपाल सरकार, अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतिय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि यस्तो निर्देशन गरिएको बैंकले जनाएको छ । 

महालेखा  नियन्त्रकको कार्यालयले सरकारी भूक्तानीका लागि असार २४ गते राति १२ बजेसम्मका लागि समय तोकिदिएको छ ।

nrb-bhuktani

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप