गोदावरीमा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु
शुक्रबार, २२ असार २०८०, २१ : ०२
धनगढी । कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-१२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीको ६ वर्षीय गीता खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।
स्कुलबाट घर फर्किने क्रममा शुक्रबार बालिकालाई खहरे खोलाले बगाएको हो ।
उनको खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट करिब २ किलोमिटर तल शव भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।