आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थ्रेड्सले दियो ट्वीटरलाई चुनौती, दुई दिनमै पुगे ८१ मिलियन प्रयोगकर्ता

शनिबार, २३ असार २०८०, १३ : १२
शनिबार, २३ असार २०८०

काठमाडौँ । अमेरिकी धनाड्य मार्क जुकरवर्गको प्रविधि कम्पनी मेटाले थ्रेड्स सार्वजनिक गरेको २ दिनमै ८१ मिलियन प्रयोगकर्ता पुगेका छन् । मेटाले यहि साताको बिहीबार माइक्रोब्लगिङ सामाजिक सञ्जला थ्रेड्स सार्वजनिक गरेको थियो ।

शनिबार यो समाचार तयार पार्दासम्म थ्रेड्सका प्रयोगकर्ता ८१ मिलियन पुगेका छन् । थ्रेड्सको प्रयोगकर्ता संख्या गणणा गरिरहेको क्वीभर क्वान्टिटेटिभका अनुसार आज १२ बजेसम्ममा प्रयोगकर्ताको संख्या ८१ मिलियन कायम छ । मेटाले विश्व धनाड्य एलन मस्कको ट्वीटरलाई चूनौती दिन भन्दै थ्रेड्स सार्वजनिक गरेको हो ।

खासगरी, टवीटर किनेपछि मस्कले व्यापक परिवर्तन गरिरहेका छन् । उनले ब्लुटिक पाउन समेत रकम तिर्नुपर्ने लगायतका व्यवस्था गरेका छन् । यसबाहेक, ट्वीटरको विशेषतामा समेत धमाधम परिवर्तन जारी छ ।

यही मौका पारेर जुकरवर्गले थ्रेड्स सार्वजनिक गरेका हुन् । मेटा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतको प्यारेन्ट कम्पनी हो । र, यो सूचीमा अब थ्रेड्स समेत थपिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप