आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५ जना मृतावस्थामा फेला

शनिबार, २३ असार २०८०, १६ : ४८
शनिबार, २३ असार २०८०

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षाका अनुसार कास्कीको रूपा गाउँपालिका-३ चिनढुङ्गामा सोही गाउँपालिका-७ बृदिखोला सिचाई आयोजनामा काम गर्ने दाङ दुबिचौर घर भएका ४५ वर्षीय दिपेश पुन मृतावस्थामा फेला परेका छन् ।
यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका-४ चानुवा बगर बस्ने ८८ वर्षीय जय बहादुर भण्डारी पनि सोही नगरपालिका-४ स्थित खेतमा मृत अवस्थामा फेला परेका छन् ।
    
यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङमा खोलाको काठेपुलमुनी चितवन माडी नगरपालिका-९ गणेशकुञ्ज बस्ने ४२ वर्षीय याम बहादुर गिरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
हुम्लाको नाम्खा गाउँपालिका-५ नारालेकमा पनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।

 यसैबीच लमजुङ, मध्यनेपाल नगरपालिका-७ रामबजारस्थित खहरे प्रतिक्षालयमा एक व्यक्ति मृत फेला परेका छन् ।  हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप