आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

शनिबार, २३ असार २०८०, १९ : ४२
शनिबार, २३ असार २०८०

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् ।

‘यसको बारेमा त तपाईले अस्तीतिरै थाहा पाइसक्नुपर्ने हो । गठबन्धनबाट सरकारमा सामेल भएका सबै दलहरु बालुवाटारमा अस्तिनै बसेको बैठकमा उपस्थिति थियौं । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्दैन’ पाण्डेले भने, ‘एक त एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नुपथ्र्यों । संसदमा माग गर्ने विषय हुन्थ्यो । राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन ।’ 

एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टिकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दावी थियो । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए । 

‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरीफिकेशन माग्न सकिन्थ्यो’ उनले भने, ‘तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो । ’

एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप