आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिनाउ पुल नजिक एक युवक मृत फेला

आइतबार, २४ असार २०८०, ०९ : ४०
आइतबार, २४ असार २०८०

बुटवल । बुटवलको तिनाउ पुल नजिकै आज बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत  फेला परेका हुन् । 

शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  लगिएको छ। घटनाबारे थप अनुसन्धान सुरु  गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष  घिमिरेले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप