आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इप्पानको विधान संशोधनका लागि भानुभक्त पोखरेलको नेतृत्वमा मस्यौदा समिति गठन

आइतबार, २४ असार २०८०, ११ : २९
आइतबार, २४ असार २०८०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विधान संशोधन तथा पुनर्लेखनका लागि भानुभक्त पोखरेलको नेतृत्वमा समिति गठन भएको छ । गत जेठ ३२ गते सम्पन्न २१औं साधारण सभाको निर्णयअनुसार संस्थाको विधान मस्यौदा गर्न इप्पानका सल्लाहकारसमेत रहेका भानुभक्त पोखरेल संयोजक रहने गरी विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उक्त समितिमा संस्थाका सदस्य एवं अधिवक्ता होमकान्त चौलागाई सदस्य, इप्पान कार्यसमितिबाट उपाध्यक्ष रामप्रसाद आचार्य सदस्य र दुई जना विज्ञ सदस्य संयोजकले मनोनयन गर्नेगरी ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समिति गठन गरिएको हो ।

समितिका संयोजक पोखरेलले संयोजकको जिम्मेवारी ग्रहण गर्दै संस्थालाई धेरै भन्दा धेरै प्रतिनिधिमूलक हुने गरी मस्यौदा तयार पार्ने बताए । संयोजक पोखरेलले २ जना विज्ञ सदस्य नियुक्त गरेपछि समितिले पूर्णता पाउने र काम अघि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप