सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई महानगर प्रहरीले तिरायो ५० हजार जरिवाना
आइतबार, २४ असार २०८०, १२ : ३५
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक जनालाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं.६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा पचास हजार जरिवाना गरिएको हो।
पछिल्लो समय काठमाडौँको वातावरण स्वच्छ राख्न महानगर प्रहरी बलले सक्रियता बढाएको छ ।