आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वर्गीय गायक रोविन तामाङको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक

आइतबार, २४ असार २०८०

काठमाडौँ । रक गायक रोविन तामाङको केही दिन अगाडि निधन भयो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै आज अन्तिम संस्कार गरिएको छ ।

नेपाली गीतसङ्गीत र अभिनयको क्षेत्रमा गायक तामाङले योगदान उल्लेखनीय मानिन्छ । यस्तैमा उनै तामाङको स्वर रहेको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ ।

निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोविन तामाङको असामयिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै यो गीत सार्वजनिक गरिएको हो ।

गीतले जिन्दगीलाई धुवाँमा नउडाउन सन्देश दिएको छ । गीतमा रोविनलाई गायक राजेश पायल राईले पनि स्वरमा साथ दिएका छन् ।

सुरेश राईको शब्द तथा सङ्गीत रहेको गीतमा राजेश र रोविनलाई नै फिचर गरिएको छ । गीतको र्‍यापको शब्द भने रोविनले नै लेखेका छन् । सोनाम तामाङको छायाङ्कनमा तयार भएको यो भिडियोलाई निरञ्जन पाण्डेले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया