आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको हो : सांसद शर्मा

आइतबार, २४ असार २०८०, २० : २९
आइतबार, २४ असार २०८०

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको भएको बताएकी छन् । 

उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद् अवरोध गर्नेस्तरको नभएको पनि दाबी गरिन् । 

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रतिपक्षले आफूले राखेको मागको सम्बन्धमा पुनः सोच्नुपर्ने बताइन् । 

‘सत्तापक्षले पहल नगरेको होइन । यो पहल गर्ने कुरा सरकार अथवा प्रधानमन्त्रीको होइन नि त । यो सदन चलाउनको निम्ति पहल गर्ने कुरा सभामुखको हो’, उनले भनिन्, ‘त्यसकारण सभामुखले पहल गर्ने कुरामा कति लाग्नुभयो ? कति गर्नुभयो ? कति गर्नुभएन भन्ने कुरा उहाँसँग सम्बन्धित कुरा हो । त्यसकारण दिनदिनै रोकिइराखेको छ, अगाडी बढ्न सकिराखेको छैन । यो प्रश्न प्रतिपक्षलाई सोध्नुपर्ने प्रश्न हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप